नवौ वार्षिक ईमानुएल कृपा, आमा दिदीबहिनी आत्मिक सभा सम्पन्न, सम्झना शर्मा लिम्वु अध्यक्षमा निर्वाचित

[ 0 ] March 12, 2017 |

२९ फागुन- २०७३, सुन्सरी । गत २४ र २५ गते सुन्सरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं. १५ स्थित ईमानुएल कृपा मण्डलीमा आमा दिदीबहिनी संगतिको kripaआयोजनामा नवौ वार्षिक ईमानुएल कृपा, आमा दिदीबहिनी आत्मिक सभा सम्पन्न भएको छ ।
कृपा मण्डलीको १४ वटा शाखा मण्डलीहरुबाट करिव १५० जना आमा दिदीबहिनीहरुको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको कुरा कृपा मण्डलीका पास्टर जोसेफ राई हिमालले हामीलाई बताउनुभयो । सो सम्मेलनमा प्रमुख वक्ताको रुपमा श्रीमती हन्ना राई मगर र श्रीमती बन्धना दास परियार रहनुभएको उक्त सभामा नृत्य, नाटक र कविता समेत प्रस्तुत गरिएको थियो ।
पास्टर जोसेफका अनुसार उक्त सभामा पुर्व अध्यक्षहरु श्रीमती दिपिका राई, हन्ना गुरुङ, कमला राई र देविका सेवालाई आमा दिदीबहिनीहरु वीचमा लामो समय देखि सेवा गरेवापत उच्च कदर गर्दै सम्मान समेत गरिएको बताउनुभयो । सोहि सभाबाट सम्झना शर्मा लिम्वुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति रहेको ईमानुएल कृपा आमा दिदीबहिनी संगति समेत गठन भएको छ ।

Facebook Comments

Category: News & Events