ग्लोबल नेपाली स्पिकिङ्ग ख्रीष्टियन लिडर्स कन्फे्रन्स–२०१७ सिलगुडीमा हुँदै

[ 0 ] March 11, 2017 |

२८ फागुन ०७३ । यहि आउँदो चैत्र ३ गते देखि ५ गते तिन दिन सम्म भारतको सिलगुडीस्थित हिमगोस भवनमा वृहतरुपमा संचालन हुन लागेको ग्लोबल नेपाली globalस्पिकिङ्ग ख्रीष्टियान लिडर्स कन्फे्रन्स–२०१७ हुने भएकोले त्यस सम्मेलनमा ४ जना प्रभुका सेवकहरु नेपालबाट रेभ. डा. मंगलमान मर्हजन, भारतबाट रेभ. दयारत्न प्रधान, अमेरिकाबाट रेभ. डोउग म्याकरी र पा. जोन मगरले तिनदिनका लागि मुख्य वक्ताका रुपमा रहनुभएको छ ।
सम्मेलनमा सहभागीहरुलाई मुख्य वक्ताद्धारा विभिन्न विषयमा सिकाउनुहुने कार्यक्रम छ ।  उक्त कार्यक्रममा समुह–समुहमा कार्यशाला पनि संचालन गरिनेछ । उक्त कार्यशालाका लागि आयोजकले नेपाल, भारत, अमेरिका र अन्य देशबाट ८ जना पाष्टरहरुले कार्यशालाको नेतृत्व गनुहुनेछ । जसमा रेभ.डा. एडोन रोङगोङ, विशप डा. नारायण शर्मा, रेभ.डा. मनोज श्रेष्ठ, पा. लाजरस थुलुङ, रेभ. भिक्टोर मोक्तान, रेभ. माइकल मगर, धुब्र शिष्य,र पाष्टर आवर लगाएतका पाष्टरहरुले आगुवाई गर्नहुनेछ ।

Facebook Comments

Category: News & Events