दबोरा मिनिष्ट्रि द्वारा आयोजित चंगाई महोत्सव अकस्मात स्थगित

[ 0 ] March 7, 2017 |

निरोज तोलाङेncf

 

२४ फागुन, रौतहट । २१ गते देखि २६ गते सम्म रौतहट जिल्लाको सदरमुकाम गौर चिनीमेल चोकमा  दबोरा मिनिष्ट्रिद्धारा आयोजना गर्ने भनिएको ख्रीष्ट चंगाई महोत्सव अकस्मात संघिय मधेसीवादी फोरम नेपालको दवावमा पुर्ण रुपमा स्थगित भएको छ ।

संघिय मधेसीवादी फोरम नेपालको दवावमा स्थगित भएको उक्त कार्यक्रममा मधेसमा आन्दोलनरत ३४ दल आबद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको रौतहट जिल्ला संघर्ष समिति संग वार्ता गर्नको लागी एनसिएफएनका मध्य क्षेत्रीय अध्यक्ष वीर वहादुर तामाङको संयोजकत्वमा ३ जना सम्मिलित वार्ता टोली समेत गठन गरेको थियो ।

जसमा संघिय मधेसीवादी फोरम नेपालका जिल्ला सह इन्चार्ज  उपेन्द्र यादव र जिल्ला सदस्य नवलकिशोर यादव रहेका छन् । उक्त वार्ता टोलीले आन्दोलनरत संघर्ष समिति संग वार्ता गरी तत्काल कार्यक्रम स्थल उपलब्ध गराईदिन पहल गरेको थियो । तराईमा आन्दोलित ३४ दल आबद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रौतहट जिल्ला संघर्ष समिति संयोजक राजनिवास यादवले संविधान संशोधन नभएसम्म २६ गते सम्म तराईमा लगातार रुपमा भण्डाफोर कार्यक्रम रहेकोले सो मितिमा कार्यक्रम हुन नसक्ने तर अर्को मितिमा कार्यक्रम आयोजना गर्दा पुर्ण रुपमा साथ र सहयोग दिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । वार्ता सफल भएपनि हाल कार्यक्रम भने स्थगित भएको छ ।

Facebook Comments

Category: News & Events