बच्चा कुट्ने अभिभावकहरूलाई एउटा प्रश्न

[ 0 ] February 27, 2017 |

जगदीश पोखरेल

राम्ररी कान सुन्न नसक्ने ४ वर्षे बालक विद्यालयबाट घर फर्कँदा हातमा एउटा चिठी लिएर आयो । त्यो चिठी उसकी शिक्षिकाले उसकी आमालाई लेखेकी थिइन् । जहाँ यसरी लेखिएको थियो, “तपाईंको छोरालाई कुनै पनि कुरा सिकाउन निकै गाह्रो छ, उसले सिक्नै सक्दैन ।”

चिठी पढिसकेकी आमालाई ४ वर्षे बालकले सोध्यो, “आमा, त्यो चिठीमा के लेखेको रैछ ?” आमाले बालकलाई गाली गर्नुको सट्टा मायालु स्वरमा भनिन्, “तपाईंको छोरा निकै असल र सिक्न सक्ने क्षमताको छ, उसले भविष्यमा निकै राम्रो गर्न सक्छ भनेर लेखिएको छ बाबु ।

भोलीपल्ट आमाले शिक्षिकाको पत्रको जवाफ लेखेर पठाइन्, “मेरो छोरा सिक्न नसक्ने छैन, उसले सिक्न सक्छ र अब उप्रान्त म आफैले उसलाई सिकाउनेछु ।”

त्यसपछि आमाले बालकलाई विद्यालय पठाउन छाडिन् र आफैले सिकाउन थालिन् । बालक ठूलो भयो र विश्व हल्लायो । बिजुलीको चिमलगायत् १०९३ वटा आविष्कारहरू गरेर मानव इतिहासलाई सबैभन्दा धेरै आविष्कारहरू दिने व्यक्ति बन्न पुग्यो । जम्मा ३ महिना विद्यालय गएको उक्त व्यक्तिको नाम हो: थोमस एल्वा एडिसन ।

अब तपाईंको पालो, तपाईंको बच्चा विद्यालयबाट फर्कँदा थोमस एडिसनले झैं “यसले राम्रो पढेको छैन” भन्ने शैलीको खवर लिएर आयो भने तपाईंचाहिँ किन लौरो खोज्न थाल्नुहुन्छ ? 

 

Facebook Comments

Category: Articles