नेपाल सुसमाचार केन्द्रको रजत महोत्सव भव्यताका साथ सम्पन्न

[ 0 ] February 22, 2017 |

निरोज तोलाङे
११, फागुन, ललितपुर । आज नेपाल सुसमाचार  केन्द्रले आफनो रजत महोत्सव भव्यताका साथ मनाएको छ । सो कार्यक्रममा पा. लाजरस थुलुङले pasभिडियो दृश्य मार्फत सबै आमन्त्रित पाहुनाहरुलाई स्वागत गर्नुभएको हो ।

डा. सरिता थापाले प्रार्थना द्धारा सुरु गरिएको उक्त कार्यक्रममा भने संस्थाका संस्थापक रेशमराज पौडेलले परमेश्वरको आशिषमय वचन बाडँनुभएको थियो । सोही अवसरमा संस्थाका कार्यकारी निर्देशक अनुग्रह पौडेलले संस्थाको विषयमा बताउनुभएको थियो भने त्यस संस्थाकी भुतपुर्व कर्मचारी रोमी केसीले आफनो व्यक्तिगत जीवन गवाही बाडँनुभएको थियो । उक्त कार्यक्रमको अन्तमा केक समेत काटिएको थियो ।

Facebook Comments

Category: News & Events