आईएनएफ हरियो खर्क अस्पताल परिसरमा यही पुस ६ गते ख्रीष्टमस कार्यक्रम आयोजना गरियो । कार्यक्रममा नयाँ गाउँ चर्चका पास्टर ग्रीष्म पराजुली, नयाँ गाउँ चर्चकै एल्डर लाजरश हितैषी, सान्त्वना चर्चका पास्टर डेभिड तामाङ, पोखरेली ख्रीष्टिय समुदाय जवान संगतिका अध्यक्ष प्रकाश भुजेल र आईएनएफका वित्त निर्देशक कृष्ण अधिकारीले ख्रीष्टमस सन्देश बाँडेका थिए । कार्यक्रममा शान्ति समूह लामाचौर, एकता बुक्स, सिस्टम एण्ड इनर्जिज प्रा.लि., सानिमा बैंक, वल्र्ड लिंक महेन्द्रपुल लगायत संघसंस्थाहरुले स्टल राखेका थिए । साथै हरियो खर्क अस्पतालका स्टाफहरुले खाजापानी बिक्री गरेका थिए । हरियो खर्क अस्पतालका अपरेसन डाइरेक्टर ढाकाराम बीएमका अनुसार स्टलबाट प्राप्त हुने रकम हरियो खर्क अस्पतालको गरिब कोषमा जानेछ ।
Discussion about this post