सल्यान मुद्दाको फैसला, ४ जनालाई ५ वर्षे जेल सजायँ

[ 0 ] December 20, 2016 |

121एक विरामी महिलालाई भूत धपाउने नाउँमा सिस्नो-पानी लगाउनुका साथै दिसासमेत् खुवाइएको आरोपमा सल्यानमा पक्राउ परेका व्यक्तिहरूको मुद्दा उपर सल्यान जिल्ला अदालतले फैसला सुनाएको छ । कुबिन्ड़े – ४, ज्यामिरे सल्यान निवासी सुकलाल परियार, गङ्गा परियार, लाली पून, बिमकली बुढा र रूपा थापा विगत ६ महिनादेखि प्रहरी हिरासतमा थिए ।  सल्यान जिल्ला अदालतले रूपा थापालाई निर्दोष ठहराएको छ भने बाँकी ४ जनालाई ५ वर्षको जेल सजायँ सुनाएको छ ।

विरामी भएपछि चर्चमा ल्याइएकी महिलालाई चर्चमा कुनै प्रकारको दुर्व्यवहार नगरिएको तर पछि जंगलमा एक्लै फेला परेकी उनले सबै मानिसहरूको अगाडी आफुलाई दिसा दिन आग्रह गरेपछि उनको शरीरमा पहिलेबाटै लतपतिएको दिसा खा….भनेर कसैले पछाडीबाट कराएको र  ती महिलाले आफ्नै कपडामा लतपतिएको दिसा खाएर चुप लागेको बुझिएको छ । लामो समयसम्म प्रकाशमा नआएको यो घटनालाई नियोजित रूपमा खिचिएको भिडियोको सहारामा निकै पछि ख्रीष्टियानहरूको विरुद्धमा मात्र मुद्दा दायर गरिएको थियो । २०७३ साल जेठ २४ गते भएको उक्त घटनालाई लिएर श्रावन ६ गते आरोपितहरूलाई पक्राउ गरिएको थियो । विरामी महिला वर्ष २० की सेती परियार स्वयं आफ्ना पतीका साथ् अदालतमा उपस्थित भएर त्यतिबेला कसैले कुनै कामको निम्ति पनि आफुलाई दवाव नदिएको र आफु ख्रीष्टियानहरूको प्रार्थनाको फलस्वरूप निको भएको बयान दिएकी थिइन् ।  धर्मको विषयमा मौन बसेको अदालतको फैसलाले महिलामाथिको दुर्व्यवहारलाई मात्रै जेलचलानको कारणको रूपमा प्रस्तुत गरेको छ ।

महिलामाथिको दुर्व्यवहार असह्य भए तापनि धर्मकै आधारमा ख्रीष्टियानहरूलाई मात्रै फसाउने नियतका साथ् दायर गरिएको मुद्दा र अहिले आएको फैसलाको सम्बन्धमा नेपाल ख्रीष्टियान समाज र अन्य ख्रीष्टियान संघसंस्थाहरूले विरोध जनाएका छन् ।

Facebook Comments

Category: News & Events