कार्तिक २२,सर्लाही । ‘भ्वाइस फर क्राइष्ट‘ गायन प्रतियाेगिताकाे अडिसन अन्तर्गत कार्तिक २१ गते अाइतबार भएकाे सर्लाही अडिसन सर्लाही स्थित मिलन चर्चमा सफलतापुर्वक सम्पन्न भएकाे छ । प्रतियाेगितामा सहभागी हुन धनुषा,महाेत्तरी,सर्लाही र राैतहट गरि चार जिल्लाबाट विभिन्न चर्चका युवाहरू निकै टाढा देखि अाइपुगेका थिए । सर्लाही अडिसनबाट ३४ जनालाई दाेश्राे चरणकाे लागि काठमाडाैं बाेलाइएकाे छ। जायाेन अनलाइनकाे प्रस्तुति र ब्लेस अटाे इन्टरप्राइजेजकाे प्रायाेजन रहेकाे ‘भ्वाइस फर क्राइष्ट‘ गायन प्रतियाेगिताकाे उक्त अडिसनमा बरिष्ठ संगितकार गगन सुब्बा र ख्रीष्टिय भजन समुहका सह-संयाेजक एवं गायन प्रशिक्षक प्रेम बाेक्सटन निर्णायक मण्डलमा हुनुहुन्थ्याे ।
छाेटाे समयकाे प्रचार-प्रसार र यहाँका युवाहरूमा देखिएकाे संगितप्रतिकाे चासाेका कारण अडिसन सफल भएकाे र साेही अाधारमा सम्भावना बाेकेका युवाहरूलाई दाेश्राे चरणकाे लागि छनाैट गरिएकाे सर्लाही अडिसनका संयाेजक साइमन थापा र सहयाेगी विनाेद भाेलनले बताउनुभयाे। सर्लाही अडिसनकै अघिल्लाे दिन बुटवलमा पनि पुर्व कार्यतालिका अनुसार छुट्टै अडिसन गरिएकाे थियाे। बुटवलबाट भने ९ जनालाई दाेश्राे चरणकाे लागि काठमाडाैं बाेलाइएकाे छ। यस अघि ‘भ्वाइस फर क्राइष्ट‘ गायन प्रतियाेगिताकाे हेटौँडा अडिसन ११ जनालाई दाेश्राे चरणकाे लागि छनाैट गर्दै सफलरूपमा सम्पन्न भएकाे थियाे भने काठमाडौंबाट २९, ललितपुरबाट ५६र भक्तपुरबाट ४१ जना प्रतियोगीहरू दोश्रो चरणको लागि छनौट भइसकेका छन्।
अब त्यस्तै, पोखरा स्थित रामघाट चर्चमा मंसिर ०४, गोरखा स्थित छेबेटार एकता चर्चमा मंसिर ११, चितवन स्थित नव जीवन एजी चर्चमा मंसिर १८ र धरान स्थित सियाेन मेथाेडिष्ट चर्चमा पुस २ गते अडिसन हुँदैछ। इसाई गायन क्षेत्रकाे प्रतिभा खोज्ने रियालिटी शो ‘भ्वाइस फर क्राइष्ट‘ जिओन मिडिया प्रा.लिले आफ्नो स्थापनाको दोश्रो वर्ष प्रवेश गरेको अवसरमा आयोजना गरेको हो । प्रतियोगिताका संयोजक सन्दीप राई भन्नुहुन्छ, “इसाई गायन क्षेत्रको उत्कृष्ट प्रतिभाको खोजी गर्ने प्रयास स्वरुप आयोजना भएको यस गायन प्रतियोगिताले फेरि एक पल्ट हामी इसाई युवाहरु विच रहँदै आएको सम्बन्ध र एकतालाई थप बलियो बनाउने हाम्रो विश्वास छ।”
‘भ्वाइस फर क्राइष्ट‘को पुरस्कार योजना अनुसार प्रथम विजेतालाई हार्मोनियोम,रु.३० हजार बराबरको उपहार र सिंगापुर भ्रमणको अवसर,दोश्रोलाई गितार, रु. २० हजार बराबरको उपहार, दार्जिलिङ्ग भ्रमणको अवसर र तेस्रोलाई रु. २० हजार बराबरको उपहार प्रदान गरिने छ। त्यसका साथै टप तीन प्रतियोगीले प्रतियोगीताको क्रममा सामुहिक एल्बममा गाउने अवसर पाउनेछन, टप टेन प्रतियोगीको सामुहिक म्युजिक भिडियो निर्माण गरिने छ। उपत्यका बाहिरका सबै अडिसनहरु सकिए लगत्तै राजधानी काठमाडौं स्थित जिजस कलेजमा पुस २३ गते तदानुसार जनवरी ०७ मा यस अघि मौका नपाएका र छुटेका इच्छुक प्रतियोगीहरुको निम्ति फेरि अडिसन हुने ‘भ्वाइस फर क्राइष्ट‘ का संयोजक राईले बताउनुभयो ।
Discussion about this post