तपाईंले के हेर्नुहुन्छ, होसियार बन्नुहोस्

[ 0 ] October 31, 2016 |

Ajako Bachan_सोमवार, अक्टोबर ३१, कार्तिक १५
‘नयाँ घर बनाउँदा छतमा चारैतिर बार लगाओ।’ —व्यवस्था २२:८

इन्टरनेटमा हजारौँ अश्लील साइटहरू निर्माण गरिँदैछन्। तिनीहरूको रणनीति भनेको चाहिँ धूर्त व्यापारिक चाल प्रयोग गर्दै तपाईंलाई झुक्याएर त्यस्ता साइटहरूमा लैजानु हो। आठ वर्षको उमेरका कलिला बालबालिकाहरू समेत् अश्लीलता र आमाबुबाहरू सुतेको बेला मध्य रातमा यस्ता अश्लील सामग्री राखिदिने वेबसाइटहरूको लतमा कसरी फस्न पुग्छन् भन्ने कुरा बुझ्न यो कुराले सहायता गर्छ। तर किशोरकिशिोरीहरू र वयस्कहरूले पनि यस्ता वेबसाइटहरू हेर्छन्।

यसकारण सुरक्षाको लागि आमाबुबाहरूले मात्र होइन तर नैतिक पवित्रताको पक्षमा युद्धको अग्रमोर्चामा रहेका सबैले होसयारी अपनाउनु पर्छ। कठिन कुरामाथि विजय पाउनु नामको पुस्तकका लेखक चक स्विन्डोलले लेखेकाछन्ः मण्डलीमा जाने दुई जनामध्ये एक जना सकृय रूपमा इन्टरनेटका अश्लील सामग्रीमा संलग्न छ। (के तपाईं चकित हुनुभयो ?) दश जनामध्ये नौ जना बालबालिकाको नजरमा यस्ता कुरा ल्याइएको छ— तिनीहरूमध्ये अधिकांशले अनलाइन गृहकार्य गर्ने क्रममा। सैँतीस प्रतिशत पास्ष्टरहरूले यसलाई आफ्नो जीवनमा रहेको संघर्षको रूपमा स्वीकार गरेकाछन्। कम्प्युटरको स्क्रिनमा देखा पर्ने संकेतहरू, कसैले यत्तिकै पठाएका ईमेलहरू, हानीरहित जस्ता देखिने नाम भएका वेबसाइटहरूका लिंकहरूद्वारा धेरै जसो मानिसहरू यसमा फस्न पुग्छन्। कुनै आकर्षक तस्विर देखापर्छ भने परीक्षामाथि विजय पाउन कठिन हुन्छ, विशेष गरी पुरुषहरूका लागि। इन्टरनेट हाम्रो जीवनको एक अभिन्न अङ्ग बन्न पुगेको छ। यसमा धेरै असल कुरा छन्, तर यसमा खतरनाक कुरा पनि उत्तिकै छन्। यसकारण, ख्रीष्टियनहरूका रूपमा इन्टरनेट प्रयोग गर्दा त्यससँगै आउने सक्ने खतराहरूदेखि आफैँलाई बचाउनु हाम्रो जिम्मेवारी हो !’ परमेश्वरले इस्राएलीहरूलाई यस्तो आज्ञा दिनुभयोः ‘नयाँ घर बनाउँदा छतमा चारैतिर बार लगाओ र यो सुरक्षित होस् र त्यहाँबाट कोही नलडोस्।’ एक अगुवाको रूपमा परमेश्वरको काममा आपूm ‘अयोग्य’ हुन सक्ने कुरा प्रेरित पावलले पनि बुझेका थिए (हेर्नुहोस् १ कोरिन्थी ९:२७)। यसकारण तपाईंको निम्ति आजको वचन छः तपाईंले के हेर्नुहुन्छ, होसियार बन्नुहोस्।
आत्मिक भोजनः हालोविन व्यवस्था ८:९–१८, दानिएल २, यशैया ४७:५–१५, प्रेरित १६:१६–३४

Facebook Comments

Category: Bible Study & Teaching