काठमाडौं, थाइल्याण्डका राजा भुमिबोल अदुल्यादेजको ८८ वर्षको उमेरमा बिहिबार निधन भएको छ।
उनी विश्वमै सबैभन्दा लामो समय शासन गर्ने राजा थिए। उनले ७० वर्ष शासन गरेको बिबिसीले जनाएको छ।
उनी सन् १९४६ मा गद्धीमा बसेका थिए।
केही वर्षदेखि उनी कमजोर स्वास्थ्यका कारण सार्वजनिक कार्यक्रममा निस्कन छोडेका थिए। थाई दरबारले उनको स्वास्थ्य निकै अस्थिर भएको सूचना गत आइतबार सार्वजनिक गरेको हो।
उनको स्थानीय समय अनुसार दिउँसो ३:५२मा बैंककको सिरिराज अस्पतालनमा निधन भएको छ। उनका छोरा अर्थात् युवराजसमेत ६४ वर्षका वृद्धा छन् । थाइल्याण्डमा राजाको मृत्यु सँगै देशमा राजनीतिक अस्थिरता पैदा हुने अनुमान गरिएको छ । राजको निधनको घोषणा हुनासाथ त्यहाँको अस्पतालमा रुवावासी चलेको थियो ।
Discussion about this post