आइतवार, सेप्टेम्बर २५, असोज ९
‘यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुने ?’ —रोमी ८:३१
पावलले पाँच वटा महत्वपूर्ण प्रश्नहरु सोध्छन्ः
१) ‘यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुने ?’ परमेश्वरको उपस्थितिको निश्चयताले तराजुलाई तपाईंको पक्षमा ढल्काउँछ। यसकारण आज तपाईंले जेसुकै सामना गरिरहनुभए तापनि, आफैँलाई याद दिलाउनुहोस्, ‘परमेश्वर मतर्फ हुनुहुन्छ।’
२) ‘(परमेश्वरले) आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति उहाँलाई दिनुभयोे, के उहाँले हामीलाई … सबैथोक पनि … दिनुहुनेछैन र ? (पद ३२)। यसको बारेमा विचार गर्नुहोस्ः के परमेश्वरले तपाईंको आत्मा बचाएर तपाईंलाई आफ्नो खाँचो आफैँ पूरा गर्नचाहिँ छोडिदिनुहुन्छहोला ? अथवा तपाईंका अनन्त खाँचोहरू पूरा गरेर यस संसारका खाँचोहरू चाहिँ पूरा गर्नुहुन्नहोला ? त्यसो होइन !
३) ‘कसले हामीलाई अभियोग लाउने साहस गर्छ ? कसैले पनि गर्दैन— किनभने परमेश्वरले नै हामीलाई सही ठहराउनुभएकोछ’ (पद ३३)। स्वर्गको अदालतमा तपाईंकै आफ्नै लगायत दोष्याउने हरेक आवाजको कुनै अर्थ छैन। परमेश्वरको स्वीकारले अरू प्रत्येक व्यक्तिको इन्कारलाई रद्द गरिदिन्छ, अनि उहाँले तपाईंलाई स्वीकार गर्नुहुन्छ किनकि उहाँले तपाईंलाई ‘ख्रीष्टमा’ देख्नुहुन्छ।
४) ‘दण्डको आज्ञा दिने को हो ? मर्ने त ख्रीष्ट येशू हुनुहुन्छ जो …परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ’ (पद ३४) जब तपाईंलाई दोष लगाउनेहरू खडा भएर तपाईंको विरुद्धमा बोल्छन्, तब तपाईंको पक्षमा बोल्नुहुने येशूले तिनीहरूलाई चुप लगाउनुहुनेछ। किन ? किनकि उहाँको रगतले तपाईंलाई ढाक्छ !
५) ‘कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने ?’ (पद ३५)। पावलले आफ्नै प्रश्नको जवाफ दिन्छन्ः ‘मृत्युले वा जीवनले, स्वर्गूतहरूले वा दुष्ट आत्माहरूले, हाम्रा आजका डरहरूले वा भोलिका चिन्ताहरूले — न ता नरकका शक्तिहरूले नै हामीलाई परमेश्वरको प्रेमबाट अलग गर्नसक्छन् … सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रीष्ट येशू हाम्रा प्रभुमा प्रकट भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन (पद ३८–३९)। यी पाँच वटा सत्यताहरू थाहा पाएपछि तपाईंलाई दिनमा आनन्दित हुन अनि रातमा राम्ररी सुत्न सहायता पुग्नेछ !
आत्मिक भोजनः पतिपत्नीप्रति विश्वास एफिसी ५:२१–३३, श्रेष्ठगीत २:१–७, भजन ४५, हितोपदेश ५:१५–१९
Discussion about this post