भदौ ८ गते, भारतहुँदै नेपाल आएपुगेका अमेरीकि नागरिक फोमेस डोलान धर्म परिवर्तन गराउन खोजेको आरोपमा मंगलबार झापाबाट पक्राउ परेका छन्। डोनाल ७० वर्षिया फ्लोरिडा निवासी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाकारी दिएको छ।
भिषा बिना भारतीय बाटो हुँदै नेपाल आइपुगेको भनि उनलाई दक्षिणी झापाको बनियानीबाट प्रहरीले पक्राउ गरेको छ। उपचार गराउने नाममा धर्म परिवर्तन गराउन खोजेको आरोप लगाएको छ। स्थानियवासीको उजुरीका आधारमा पक्राउ परेको कुरा समाचारमा छ।
प्रहरीले उनलाई बनियानी–४ स्थित होस्मा एकेडेमी क्रिस्चियन चर्चबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
श्रोत: रासस
Discussion about this post