5सोमवार, जुलाई २५, साउन १०
‘यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ ?’ —रोमी ८:३१
प्रश्न ‘हाम्रो विरुद्धमा को हुन्छ ?’ भन्ने मात्रै होइन। त्यसको उत्तर दिन धेरै सजिलो छः रोग, मुद्रा स्र्फीति, भ्रष्टाचार, थकान, विपत्ति र डरहरू। वास्तविक प्रश्न चाहिँ, ‘यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने…?’ भन्ने हो। प्रत्येक शब्दमा जोड दिँदै हामी यी शब्दहरूलाई विस्तारै पढौँः १) परमेश्वर तपाईंतर्फ हुनुहुन्छ। तपाईंका आमाबुबाले तपाईंलाई भुल्नुभएको होला, तपाईंका शिक्षकहरूले तपाईंलाई वेवास्ता गर्नुभएको होला, तपाईंका दाज्यूभाइ–दिदीबहिनीहरू तपाईंसँग शर्माउँछन् होला। तर प्रार्थनाद्वारा तपाईं महासागरहरू बनाउनुहुनेकहाँ पुग्न सक्नुहुन्छः अर्थात्, परमेश्वरकहाँ ! २) परमेश्वर तपार्इंतर्फ हुनुहुन्छ। ‘सायद’, वा ‘हुनुहुन्थ्यो’ अथवा ‘हुनुहुनेछ यदि…’ होइन, तर ‘हुनुहुन्छ’ ! आज परमेश्वर तपार्इंतर्फ हुनुहुन्छ, यही समयमा, तपाईंले यी वाक्यहरू पढ्दैगर्नुहुँदा। तपार्इंले लाइनमा पर्खिएर भोलि फेरि आउनु पर्दैन। अहिले उहाँ तपाईंसँग जति नजिक हुनुहुन्छ, त्योभन्दा नजिक हुन सक्नुहुन्न। उहाँको विश्वसनियता तपाईं असल हुँदा बढ्ने र तपाईं खराब हुँदा घट्ने छैन। उहाँ तपाईंतर्फ हुनुहुन्छ। ३) परमेश्वर तपाईंतर्फ हुनुहुन्छ। के तपाईं निरन्तरता दिन नसक्नेगरी थकित हुनुहुन्छ ? उहाँले तपाईंलाई बोक्नुहुनेछ। के तपाईं लडाइँ गर्न निरुत्साहित हुनुहुन्छ ? उहाँ तपाईंको लागि लड्नुहुनेछ। छेउतिर फर्कनुहोस् त; परमेश्वरले तपार्इंलाई उत्साह दिँदैहुनुहुन्छ। अन्तिम रेखापारि हेर्नुहोस् त; परमेश्वरले तपाईंका कदमहरूलाई प्रशंसा गर्दैहुनुहुन्छ। ४) परमेश्वर तपाईंतर्फ हुुनुहुन्छ। यदि परमेश्वरसँग पात्रो हुने हो भने, त्यहाँ तपाईंको जन्म दिनमा गोलो घेराद्वारा चिन्ह लगाइएको हुने थियो। यदि उहाँसँग कार हुने हो भने तपाईंको नाउँ त्यसको अगाडिपट्टि लेखिएको हुने थियो। यदि स्वर्गमा रूख छ भने, उहाँले तपाईंको नाम त्यसको बोक्रामा खोप्नुभएको छ। हामीलाई थाहै छ उहाँसँग एउटा निशाना छ, अनि त्यसले के भन्छ भन्ने कुरा पनि हामीलाई थाहा छः ‘मैले तेरो नाउँ मेरो हत्केलामा खोपेको छु’ (यशैया ४९:१६). यसकारण हरेक बिहानी उठ्नुहुँदा ऐनामा हेर्नुहोस् र आफैंलाई भन्नुहोस्, ‘परमेश्वर मतर्फ हुनुहुन्छ !’
आत्मिक भोजनः १ तिमोथी ४–६, मत्ती २८: ११–२०, भजन ४२: ६–११, हितोपदेश १९: १५–१७
Discussion about this post