डि. बि. चाम्लिङ्ग, दमक- लाजरस थुलुङ्गद्वारा लिखित नयाँ पुस्तक “बाइबल परमेश्वरको वास्तविक कथा” विमोचन भएको छ। पूर्वाञ्चल इसाई सामाजका निवर्तमान अध्यक्ष रेभ. दानिएल सुब्बाको बाहुलीबाट अभिषेक मण्डली उर्लाबारी मोरङ्गमा एक दिवसीय आमा दिदी–बहिनी सम्मेलनमा विमोचन भएको हो। गत जुलाई ७ मा भएको कार्यक्रमको अवसरमा भएको उक्त पुस्तक लाजरस थुलुङको १७ औं कृति एदोनाई प्रकाशन दमक झापाद्वारा प्रकाशित भएको हो। बाइबल परमेश्वरको एउटा वास्तविक कथा नामक उक्त पुस्तकले “परमेश्वर को होर?” भनि खोज्ने जो कोहीले पनि त्यसको उत्तर सजिलै प्राप्त गर्न सक्ने दाबी गर्दै एक नयाँ इसाई विश्वासीका लागि आधारभूत शिक्षाले भरिपूर्ण रहेको साथै सबैलाई बाइबल पढ्नको लागि प्रोत्साहन दिने एक अति नै लाभदायक पुस्तक भएको कुरा एदोनाई प्रकाशनको तर्फबाट विवश गौतमले विमोचनको समयमा प्रष्ट पार्दै पुस्तक चाँडै पुस्तक पसलहरुमा उपलब्ध हुने कुरा समेत बताउनु भयो। त्यसैगरी रेभ. सूब्बाले अन्तर्राष्ट्रिय जगतमै ख्याति कमाएका लेखक थुलुङ्गको पुस्तक आफ्नो वाहुलीबाट विमोचन गर्न पाएकोमा आशिषित भएको कुरा व्यक्त गर्नुभयो। यसरी पूर्वाञ्चलबाट पनि बहुचर्चित लेखकको कृति प्रकाशित भएकोमा पूर्वाञ्चलवासी गौरववान्वित भएको र प्रकाशनप्रति पनि आभार व्यक्त गर्दै यस्तो धेरै पुस्तकहरु प्रकाशन गर्न सकियोस् भन्ने सुभेच्छ्या पनि दिनुभयो।
हब्रोन मण्डली उर्लावारीकी गुरुआमा नन्दु राईले शुरु गरेको उक्त कार्यक्रममा नेपालकी पहिलो महिला पास्टर पुष्पा गौतम प्रमुख वक्ता हुनुहुन्थ्यो र उहाँले मण्डलीमा नारीको भूमिका प्रसँगमा रहेर २१ औं शताब्दीमा आमाहरु कस्तो हुनु पर्छ? भन्ने प्रकाश पार्दै भित्रिय चङ्गाई बारेमा बोल्नु भयो। भने अर्की बक्ता बुद्धी राईले प्रेम को प्रकारबारे बोल्नु भयो। उक्त कार्यक्रममा उर्लावारी, पथरी, मधुमल्ला, टाँडी, राजधाट लगायत दमकबाट आमा, दिदी–बहिनीहरुको करिब २०० जनाको उपस्थिती थियो। प्रमुख वक्ता गौतमले आशिषको प्रार्थना गरि कार्यक्रम समापन भएको थियो। अन्तमा शुष्मा घिमिरे, सीता पुरीले कार्यक्रम धेरै आशिषमय भएको बताउनु भयो।
Discussion about this post