हिजो श्रावण ४ गते भरतपूर मनपा १० मा संचालित पिस नेपाल नामक बाल गृहका सन्चालक प्रतीक सुनारलाई स्थानीय प्रहरीले विना इजाजत बाल गृह सन्चालन गरेको र बालगृहमा रहेका ८ जना अनाथ बालबालीकालाई बाइबल दिएको आरोपमा पक्राउ गरेको छन् भनी onlinekhabarले प्रकाशीत गरेको छ।
पक्राउ गर्दा प्रतीककी श्रीमतीलाई पनि पक्राउ गरीए पनि स्थानीयको दवाव पछि उनलाई भने हिजो नै छोडीएको जानकारी छ।
यसै गरी जावलाखेल प्रहरी परीसरमा २ जना ख्रिष्टियनहरु बालबालिका ओसारपसारको आरोममा केही दिनदेखि थुनामा राखीएको खबर पनि स्थानीय ख्रिष्टियन अगुवाहरुबाट प्राप्त भएको छ। पक्राउ पर्नेहरुले आफूहरुले कुनै वदनियत पूर्वक काम नगरेको तर परीवन्धमा परेको बताए।
Discussion about this post