मंगलवार, जुलाई १९, साउन ४
‘मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ।’ —यूहन्ना ११:२५
वर्षौं पहिले एउटा प्रसिद्ध लोक गीतका शब्द यस्ता थिए, ‘सबै जना स्वर्ग जान चाहन्छन्, तर मर्न भने कोही पनि चाहँदैन।’ किन होला ? कहिले कहीँ यस्तो हुन्छ, किनकि हामी आफैंलाई यसका निम्ति तयार छौँ भन्ने निश्चयता हुँदैन। तर तपाईं निश्चित हुन सक्नुहुन्छ। कसरी ?
१) तपाईंले आफैंलाई आत्मिक रूपमा र भावनात्मक रूपमा तयार पार्न सक्नुहुन्छ। येशूले भन्नुभयो, ‘पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ। अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्नेछैन। के तिमी यो विश्वास गछर्याौ ?’ (यूहन्ना २५–२६)। तपाईं ख्रीष्टमा विश्वास गर्नहुन्छ भने, मृत्युचाहिँ तपाईंको अन्त्य नभएर तपाईंको उत्तम पक्षको सुरुआत हो।
२) तपाईं सम्बन्धका कुरामा तयार हुन सक्नुहुन्छ। कसरी ? आफ्नो जीवनका महत्वपूर्ण मानिसहरूलाई तपाईंले कति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा तिनीहरूलाई नियमित रूपमा थाहा दिएर। त्यसैगरी, यदि कसैले तपाईंलाई चोट लगाएको छ भने तपाईंले तिनीहरूलाई क्षमा गर्नु पर्छ, अनि यदि तपाईंले कसैलाई चोट लगाउनुभएको छ भने तिनीहरूसँग क्षमा माग्नु पर्छ (हेर्नुहोस् मर्कूस ११:२५–२६)। ३) तपाईं आर्थिक रूपमा तयार हुन सक्नुहुन्छ। ख्रीष्टले क्रुसमा गर्नुभएका अन्तिम कार्यहरू मध्ये एउटा चाहिँ आफ्नी आमाको हेरचाह गर्ने कामको जिम्मा आफ्ना एक जना चेलालाई सुम्पनु थियो। आफ्नो शेषपछि आफ्नो धन–सम्पत्ति कसरी प्रयोग गरिएको चाहनुहुन्छ अनि आफ्नो अन्तिम संस्कार कसरी संचालन गरिएको चाहनुहुन्छ भन्ने बारेमा तपाईंले स्पष्ट इच्छा–पत्र तयार छोडिराख्नु पर्छ। यसो गर्नु असल भण्डारेपन हो। यो त्यति सुन्दर विचार लाग्दैन, तर यो तपाईंको आत्मिक जिम्मेवारी हो। पावल लेख्छन्, ‘म त दोधारमा परेको छु। बरु विदा भएर ख्रीष्टको साथमा हुने इच्छा छ, किनभने यो धेरै नै असल छ’ (फिलिप्पी १:२३)। स्वर्ग ‘धेरै नै असल छ’ भनी पावलले किन भने होलान् ? किनभने परमेश्वरले उनलाई पहिल्यै स्वर्गको एक भलक दिइसक्नुभएको थियो। दाऊदले पनि त्यस्तै विचार गरेः ‘तपाईंको उपस्थितिमा ठूलो आनन्द छ; तपाईंको दाहिने बाहुलीमा अनन्त आनन्द छ’ (भजन १६:११)।
आत्मिक भोजनः २ शमूएल २२: ३१–२४:२५, मत्ती २७: २७–३२, भजन १४६, हितोपदेश १८: २३–२४
Discussion about this post