असार २२, सिन्धुपाल्चोक जिल्लाको भोटेकोसीमा अविरल वर्षाका कारण पानीको वहाव बढेपछि लिपिङका १५ घरमा असर पर्नुकासाथै बाह्रविसे-तातोपानी सडकखण्डमा ठाउँ ठाउँमा अवरूद्ध भएक समाचार प्राप्त भएको छ। राति १० बजे नदीमा बाढी आएपछि लिपिङस्थित भन्सार यार्डमा राखिएका दुईवटा टिपर बगाएको छ। बाढिले भोटेकोसी आयोजनाले बनाएको एउटा बेलीब्रिज पनि बगाएको जानकारी हुन आएको छ। ठाउँ ठाउँमा बाटो अवरूद्ध भएपछि बाह्रविसे तातोपानी सडक खण्डमा यातायात चल्न सकेको छैन। ।
Discussion about this post