काठमाडौं, ६ असार, अफगानस्थानको राजधानी काबुलमा सोमबार विहान आत्मघाती बम आक्रमनमा परी एकैपटक १२ जना नेपालीको मृत्यू भएको छ भने ७ जना घाइते भएका छन्। बम आक्रमणमा मारिएका १२ जना नेपालीहरूको नाम ठेगाना परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले पत्रकार सम्मेलन गरेर काबुलमा मारिएका १२ नेपालीको नाम आएको जानकारी गराएका छन्। ‘१४ जना मारिएको सूचना आएपनि अन्य दुईजनाको पहिचान हुन सकेको छैन। काबुल विस्फोटमा १४ जना मारिएको कुरा सरकारले जानकारी दिएको थियो । परराष्ट्र मन्त्री कमल थापाले पनि सोमबारको संसद् बैठकमा १४ नेपालीको ज्यान गएको जानकारी गराएका थिए ।
एक बेलायती कम्पनीमा कार्यरत नेपाली कम्पनीबाट क्यानाडेली दूतावासतर्फ जाने क्रममा मिनीबसमा सवार व्यक्तिहरु सोमबार बिहान ५:४० बजे आक्रमणकारीको आत्मघाती बम हमलामा परेका थिए। हिँडेर आएका आक्रमणकारीले बसमा विस्फोट गराएको थियो। नेपाली सुरक्षागार्ड बोकेको बसमा बिस्फोट भएको हो । बस बाबुलको पूर्वी शहर जलालाबाद जाँदै थियो । तालिबानका प्रवक्ताले आक्रमणमा आफूहरुको हात रहेको बताएका छन् । विस्फोटनमा परेर दुई भारतीयको समेत मृत्यु भएको छ भने चार अफगानी पनि घाइते भएको अफगानिस्तानको गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।
ज्यान जानेको नामावली
अमृतबहादुर थापा -लमजुङ
सुपबहादुर गुरुङ -स्याङ्जा
अकुल तामाङ -सुनसरी
नवीनसिंह क्षेत्री -पर्वत
विदुरबहादुर सुवेदी क्षेत्री -काठमाडौं
चन्द्रबहादुर रानामगर -काठमाडौं
हरिबहादुर बडवाल क्षेत्री -काठमाडौं
डम्बरबहादुर तामाङ -नुवाकोट
मधुसुदन कोइराला -नुवाकोट
लिलबहादुर गुरुङ -नुवाकोट
कृष्णबहादुर ढुंगाना -चितवन
जितेन्द्र सिंह थापा -बुटवल
घाइते हुनेहरु
प्रेमबहादुर क्षेत्री -मोरङ
चेतप्रसाद शेरचन -म्याग्दी
कुमारबहादुर गुरुङ -गोरखा
मानबहादुर थापा -चितवन
कृष्णकुमार देउजा -चितवन
अमृत रोकाया क्षेत्री -सुर्खेत
च्याङ्बा तामाङ -नुवाकोट
Discussion about this post