ललितपुर, २९ जेठ, नख्खुदोबाटो स्थित युनिभर्सल क्याफेमा One Year पुस्तकको विशेष समारोहमा विमोचन भएको छ। समारोहमा एकता बुक्सका प्रोप्राइटर आर सी तिमोथी, जनजागरण पार्टीका अध्यक्ष तथा माननीय संसद लोकमणी ढकाल र रेभ. इशुजंग कार्कीको हातबाट ‘वन इयर’ पुस्तकको विमोचन गरिएको थियो। पुस्तक अर्पणको प्रार्थना पनि रेभ. कार्कीले नै गर्नुभएको थियो।
विमोचन समारोहको सुरूको प्रार्थना पास्टर महेश थान्जुले गर्नुभएको थियो र पास्टर थान्जुले पुस्तक लेखक रोजमेरीलाई आफ्नो भनाई राख्ने समय दिनुभएको थियो। रोजमेरीले नेपालको तस्वीर राखेर लेखिएको पुस्तक लामो समय लगाएर लेखेको जानकारी पनि गराउनुभएको थियो । यो पुस्तकमा भएका तस्वीरहरू दानिएलले खिचेको जानकारी पनि गराउनुभएको थियो। पुस्तकमा बाइबलका पदहरू र सिङ्गै पेजमा तस्वीर राखिएको छ। अध्ययन गर्नेहरूलाई पनि धेरै सजिलो हुने गरी पुस्तक छापिएको छ। पुस्तकको डिजाइन, लेआउट र छपाउने काम क्रियसनले गरेको हो।
एनसिएसका महासचिव डिल्लीराम पौडेलले पुस्तकको बारेमा राम्रो टिप्पणी गर्नुभएको थियो। नेपालमा राम्रो बुक छापिएकोमा खुसी प्रकट पनि गर्नुभएको थियो। पेपर क्वालीटी, डीजाइनको पनि प्रशंसा गर्नुभएको थियो।दैनिक रूपमा अध्ययन गर्दा धेरै आशिषित हुने ठहर गर्दै घरमा राख्दा सोभा पनि बढ्ने टिप्पणी गर्नुभएको थियो। नेपालको बारेमा धेरैले पुस्तक छाप्दा तस्वीरहरूले नकरात्मक सन्देश दिने खालका पाइएको कुरा पनि बताउनुभएको थियो। यो पुस्तकले सकरात्मक सन्देश दिने कुरा राख्नुभएको थियो। पुस्तकमा भएका तस्वीरलाई अक्षरले नछोपेको भए झनै राम्रो हुने पनि बताउनुभएको थियो।
पास्टर प्रकाश सुब्बाले नेपालमा भुकम्प गएको एकवर्षको सम्झनामा यो पुस्तक विमोचन भएको कुरा बताउदै यसको बारेमा केही वर्णन पनि गर्नुभएको थियो। सोही क्रममा आरसी तिमोथीले पुस्तक प्रकाशकको प्रयासलाई उत्साह दिँदै राम्रो भविष्य भएको संज्ञा पनि दिनुभएको थियो। क्रियसनको काम राम्रो भएको कुरा गर्दै प्रशान्त गुरूवाचार्यलाई थप हौसला दिनुभएको थियो। आरसी तिमोथिको प्रार्थनाद्वारा कार्यक्रमको अन्त्य भएको थियो। विमोचन कार्यक्रममा पुस्तक किन्नेलाई रु. ९०० मा बेचिएको थियो। यसको बास्तविक मूल्य रू. १२०० भएको कुरा प्रशान्तले बताउनुभएको थियो।
Discussion about this post