प्रविधिको विकासँगसँगै नेपाली ख्रीष्टिय जगतमा स्मार्ट फोन तथा ट्याब्लेटको लागि बिभिन्न खालको एप्सहरु आउने क्रम जारी छ। बिगत केही बर्ष अगाडि देखी सन्चालनमा अाईरहेको अन्लाईन रेडियो स्टेसन रेडियो रिभाइभको एन्ड्रोइड एप्सको दोस्रो संस्करण भर्खर गूगल प्लेमा सार्वजनिक भएको छ । पहिलो सँस्करणमा केही प्राबिधिक समस्या भेटिएकोले नयाँ संस्करण ल्याउनु परेको कुरा युथ सर्कल समुहको एक सदस्यले बताउनु भयो । यो एप मार्फत चौबिसै घण्टा ख्रीष्टिय गीत संगीतहरु सजिलैसँग फोन तथा ट्याब्लेटमा सुन्न सकिन्छ । यो एप युथ सर्कल समुहले लिएर आएको हो साथै यो समुहले यो भन्दा अगाडि नेपाली ख्रीष्टिय भजन एप सार्वजनिक गरेको थियो । आजको मिती सम्म यो भजन एप १०००० पटक सम्म डाउनलोड भइसकेको छ र धेरैले यो एप उपयोगी रहेको कुरा बताउनुभएको छ ।
रेडियो रिभाइभको एप डाउनलोड गर्न https://play.google.com/store/apps/details?id=com.yc.radiorevive मा जानुहोस् ।
रेडियो रिभाइभ तपाईंको कम्प्युटरमा सुन्न http://youthcircle.org/radiorevive/ मा जानुहोस् ।
नेपाली ख्रीष्टिय भजन एप डाउनलोड गर्न https://play.google.com/store/apps/details?id=com.zeroinc.khristiyabhajan मा जानुहोस् ।
Discussion about this post