बिहीवार, जुन २, जेठ २०
‘तिमीहरू प्रेममा चल, जसरी ख्रीष्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो ।’ —एफिसी ५:२
३) के तपाईं प्रेमिलो स्वभाव देखाउनुहुन्छ ? बाइबलले बताउँछ, ‘तिमीहरू प्रेममा चल, जसरी ख्रीष्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो…र आफैलाई हाम्रा निम्ति अर्पण गर्नुभयो’ । तपाईंको मुख प्रेममा चल्ने कुराको एक अत्यन्तै महत्वपूर्ण भाग हो । हाम्रा वचनद्वारा हामीले मानिसहरूलाई निर्माण गरेर उनीहरूको निम्ति कति धेरै गर्न सक्छौ भन्ने कुरा हामीले बुझिरहेका हुँदैनौँ । मानिसहरूलाई नष्ट गर्ने कुराहरू नबोल्ने बारेमा हामीले अझ धेरै सतर्क हुनु आवश्यक छ । बाइबलले बताउँछ ‘मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ’ (यर्मिया १७:९) । तपाईंले कस्तो तरङ्ग छोडिरहनुभएको छ ? तपाईंले कस्तो ‘संदेश दिइरहनुभएको छ’ ? यदि हामी प्रेम प्रकट गर्न नसक्ने गरी अति व्यस्त छौं भने, हामी अति नै व्यस्त छौ र हाम्रो हृदयका नियत र धारणाहरूको जाँच गर्ने बेला भएको छ । हामीले त्यो काम कसरी गर्न सक्छौ त ? हाम्रो जिब्रो अनि हाम्रो मुखबाट जे बाहिर आइरहेको छ त्यसको जाँच गरेर । पछिल्लो पटक तपाईं डाक्टरकहाँ जानुभएको र उनले तपाईंलाई तपाईंको मुख खोलेर ‘आ’ भन्न लागाएको सम्झना छ ? उनले तपाईंलाई त्यसो गर्न लगाउनुको कारण चाहिँ तपाईंको जिब्रोको जाँच गर्नलाई हो । जसरी तपाईंको जिब्रोले डाक्टरलाई तपाईंको शारीरिक स्वास्थ्यको बारेमा धेरै कुरा बताउँछ, त्यसरी नै यसले तपाईंको आत्मिक स्वास्थ्यको बारेमा पनि धेरै कुरा बताउन सक्छ । आफ्ना प्रार्थनाको उत्तर पाउनका निम्ति तपाईंले यी तीनओटा क्षेत्रमा आफ्नो हृदयको जाँच गर्नुपर्छः
१) ख्रीष्टमा रहन सिक्नु । यसले तपाईंलाई आत्मिक परिपक्वताको माथिल्लो स्तरसम्म उचाल्नेछ अनि प्रार्थनामा तपाईंको अधिकार पत्ता लगाउन तपाईंलाई सहायता गर्नेछ ।
२) परमेश्वरको वचनअनुसार बोल्नु । यसले तपाईंको जीवनका ‘पहाडहरूलाई’ हटाउन सक्छ (हेर्नुहोस् मर्कूस ११:२३) ।
३) प्रेममा चल्ने कुरामा वृद्धि हुँदैजानु । यसले अरूहरूलाई परमेश्वर वास्तवमै को हुनुहुन्छ भन्ने कुरा देखाउन तपाईंलाई प्रभावकारी अवसरहरू उपलब्ध गराउँछ ।
आत्मिक भोजनः इजकिएल १–४, मत्ती १५: १–१४, भजन ४, हितोपदेश १४: १७–२०
Discussion about this post