नेपाल ख्रीष्टियन समाजको १५औं राष्ट्रिय महासभा तथा २०औं बार्षिक सभा यही जेठ १७ गतेदेखि १९ गतेसम्म नेपाली इसाई मण्डली ज्ञानेश्वर काठमाडौंमा हुने भएको छ। नेपालका चर्चहरूमा र चर्चका समुदायमा राष्ट्रिय महासभाको चिठी पठाइसकेको छ साथै इमेल, फोन र सामाजिक सञ्जालबाट राष्ट्रिय महासभा हुने जानकारी र निमन्त्रणा पठाइसकेको छ। सबै चर्चहरू, समुदाय र संस्थाहरूबाट महासभामा उपस्थित भएर आगामी दिनहरुमा नेपाल देशको लागि, चर्च ख्रीष्टियान संस्थाहरूको लागि इसाईहरूले गर्नुपर्ने असल कुराको लागि हातबढाऔं साथै असल सुझाब सल्लाह दिन र प्रार्थना गरौं।
सबैलाई अवगत नै छ नेपालका चर्चहरू, ख्रीष्टियन संघ वा संस्थाहरूको छाता संगठनको रूपमा रहेको नेपाल ख्रीष्टियन समाजले ख्रीष्टियानहरू अथवा चर्चहरूको लागि विगत लामो समयदेखि प्रार्थना र समसामयिक विषयहरूमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आवाज उठाउदै आएको छ। दैविक प्रकोप जस्ता समस्यामा वा जोखिममा परेकाहरूका साथै चर्च भवन पुननिर्माण जस्ता कार्यमा पनि सहयता गर्दै आएको छ।
नेपालको संविधान २०७२ जारि हुनुभन्दा पहिले र जारी भएपछि पनि ख्रीष्टियान समुदायको हकमा अर्थात धार्मिक स्वतन्त्रताको विषमा उच्चस्तरका राजनैतिक संयन्त्र तथा सम्बन्धित निकायका मन्त्रीहरूसँग पनि छलफल गर्दै ख्रीष्टियान विश्वासको पक्षमा आवाज उठाउदै आएको छ। नेपालको संविधान २०७२ जारी भएपछि यस अर्न्तर्गत कानुन बनाउने क्रममा फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७१ को परिच्छेद – ९, धर्म सम्बन्धी कसूर अर्न्तगत १५३ देखि १५६ का दफाहरूमा उल्लेख गरिएको कानुन पारित भएमा इसाईहरू नै राज्यद्धारा दण्डनित हुने कुरा निश्चित छ। दण्डनिय हुने कुरा हटाउन माग गर्दै सम्बन्धित निकायका व्यक्तिहरूसँग भेट गरी सुझावहरू दिइसकेको छ। विभिन्न संस्थाहरू र समुदायसँग NCS ले उक्त विषयमा राम्रो सहकार्य गर्दै आएको छ। तसर्थ आगामि दिनहरूमा पुन निरन्तरता दिन र तिब्र गतिमा कार्य गर्नको लागि चर्चहरूको, नेपाली इसाईहरूको प्रार्थना, सहयोग र समर्थनको खाँचो छ। यस्ता विषयहरूमा महासभाले समेट्ने र कार्यान्वयन गराउने आशा पनि छ।
यदि केहि कारणवस महासभाको सुचना पाउन छुट्नुभएको छ भने यसैलाई आधारमानी निम्न समय र स्थानमा सहभागिहुन अनुरोध छ।
स्थान: नेपाली इसाई मण्डली ज्ञानेश्वर, कालोपुल, काठमाडौं।
मिति: २०७३ जेठ १७ देखि १९ गतेसम्म
समय: विहान ८ बजेदेखि सुरू।
Discussion about this post