बिहीवार, मे २६, जेठ १३
‘कसिङ्गरहरू थुप्रै छन् । हामी आफैँले कहिल्यै यस पर्खालको पुनर्निर्माण गर्न सक्नेछैनौँ ।’ —नहेम्याह ४:१०
कुन कुराले निराशा ल्याउँछ ? (२)
दोस्रो कारणः असन्तुष्टि । यहूदीहरूले एउटा नयाँ पर्खाल निर्माण गरिरहेका थिए, तर पुराना, टुटेफुटेका ढुङ्गाहरूका साथमा कसिङ्गरहरू जताततै छरपस्ट थिए । ‘थुप्रै कसिङ्गरहरू’ देखेर तिनीहरू निराश भए र आफ्नो लक्ष्य बिर्से । तिनीहरूको जीवनमा त्यति धेरै कसिङ्गर थियो कि तिनीहरूले जीवनको साँचो काम नै बिर्सन पुगे । तपाईंले कुनै महत्वपूर्ण परियोजना सुरु गर्नुहुँदा, हटाउनु पर्ने कसिङ्गर त्यहाँ हुनेछ, अनि कहिले कहीँ त्यसले निराशा ल्याउँछ । तपाईं त्यसबाट बच्न सक्नुहुन्न, तर त्यसलाई के गर्ने भन्ने कुरा चाहिँ सिक्न सक्नुहुन्छ । यसरी ताकि तपाईंले आफ्नो योजनामा बिचैमा त्याग्नुपर्दैन । तपाईंको जीवनको ‘कसिङ्गर’ के हो ? तपाईंको समय नष्ट गर्ने, तपाईंको शक्ति खर्च गर्ने, अनि तपाईं जे बन्न चाहनुहुन्छ त्यसबाट तपाईंलाई रोक्ने स–साना कुराहरू ? तपाईंको पति वा पत्नी र छोराछोरीसँग असल सम्बन्ध स्थापित गर्ने, वा मण्डलीमा तपाईंको वरदानको क्षेत्रमा सक्रिय हुने जस्ता सबैभन्दा महत्वपूर्ण कुरा गर्नबाट तपाईंलाई रोक्ने कुराहरू ? जीवनका ‘कसिङ्गर’ ती कुराहरू हुन् जसले तपाईंलाई बाधा दिन्छन्ः तपाईंको लक्ष्य प्राप्त गर्नबाट तपाईंलाई रोक्ने बाधाहरू । हो, तपाईंले व्यवहार गर्नुपर्ने कुराहरू यिनै हुन् । अर्को शब्दमा भन्नुपर्दा, तपाईंले ती काम नलाग्ने कुराहरूलाई हटाउनु पर्छ ! तपाईंको निम्ति अरू कसैले त्यो काम गरिदिनेवाला छैन । परमेश्वरले त्यो गरिदिनुहुन्न, अनि तपाईंले त्यसलाई ‘प्रार्थना गरेर हटाउन’ सक्नुहुन्न । परमेश्वरले आदम र हव्वालाई स्वर्गको बगैँचामा राख्नुभयो र भन्नुभयो, ‘यसको हेरचाह गर ।’ परमेश्वरले तपाईंलाई दिनुभएका आशिष्हरूको संरक्षण गर्ने क्रममा नै तपाईंले जीवनमा के महत्वपूर्ण छ र के महत्वपूर्ण छैन भन्ने कुरा बिचको भिन्नता बुझ्नुहुन्छ । अनि तपाईंले यो शिक्षा बारम्बार सिकिरहनुहुनेछ ।
आत्मिक भोजनः गलाती १–३, मत्ती १३: २४–३५, भजन १०१, हितोपदेश १३: २०–२३
Discussion about this post