बुधवार, मे २५, जेठ १२
‘मजदुरहरूको बल घट्दैजाँदैछ ।’ —नहेम्याह ४:१०
कुन कुराले निराशा ल्याउँछ ? (१)
नहेम्याहको कथाले निराशाका चारओटा प्रमुख स्रोतको पहिचान गर्छ । तिनीहरूमध्ये पहिलो स्रोतको बारेमा विचार गरौ: थकान । यहूदाका मानिसहरूले भने, ‘मजदुरहरूको बल घट्दैजाँदैछ ।’ अर्को शब्दमा भन्नुपर्दा, तिनीहरू धेरै काम गरेर थाकेका थिए । तिनीहरू शारीरिक रूपमा, मानसिक रूपमा, र भावनात्क रूपमा थकित भएका थिए । कहिले कहीँ हामी निराशा चाहिँ विशुद्ध रूपमा आत्मिक समस्या हो भनी सोच्ने गल्ती गर्नपुग्छौँ । हामी भन्छौँ, ‘सायद मैले आफ्नो जीवन परमेश्वरमा फेरि समर्पण गर्नुपर्छ होला’, जब कि खास समस्या चाहिँ हामी थकित भएका हुन्छौ । हामीलाई विश्राम र पुनः नविकरणको खाँचो पर्छ । वास्तवमा, कहिले कहीँ तपाईंले गर्न सक्नुहुने सबैभन्दा आत्मिक काम भनेको नै आराम गर्नु, वा सुत्नु, वा केही समय कामबाट विश्राम लिनु हो । थकान र निराशा कुन समयमा देखा पर्छन् त ? छैठौँ पदमा हेर्नुहोस्ः ‘यसरी हामीले त्यसको आधा उचाइसम्म चारैतिर पर्खाल बनायौँ’ । तपाईंलाई थाहा छ, तपाईं कहिले सबैभन्दा बढी निराश हुनुहुने सम्भावना हुन्छ ? कुनै परियोजनाको मध्यभागतिर हुँदा ! सुरुमा सबैले कठोर परिश्रम गर्छन् । बाइबलले बताउँछ, मानिसहरूले ‘तनमन दिएर काम गरे’ (पद ६) । किन होला ? त्यो परियोजनाको नयाँपनको कारण । यो उत्साहजनक र नयाँ थियो, तर केही समयपछि त्यो नयाँपन बितेर गयो अनि त्यो काम पट्यारलाग्दो हुनपुग्यो । जीवन नियमित हुँदै क्रमशः तालिकाबद्ध भयो, अनि त्यसपछि एक शैलीमा सीमित हुनपुग्यो । होसियार हुनुहोस्ः जब थकान प्रवेश गर्छ, तब विश्वास बाहिर जान्छ ! त्यसैकारण त भजनकारले भनेका छन्, ‘उहाँले मलाई हरियो मैदानमा लेटाउनुहुन्छ, उहाँले मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ, उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ’ (भजन २३:२–३) । थकान निराशाको सबैभन्दा ठूला कारणहरू मध्येको एक हो, अनि यो प्रायः कुनै पनि कामको मध्यभागतिर देखापर्दछ । यसैकारण हामी त्यति धेरै परियोजनाहरूलाई अपूरै छोड्दछौ। अन्तिम निष्कर्ष यही होः यदि तपाईंलाई विश्राम चाहिन्छ भने, अवश्य विश्राम लिनुहोस् !
आत्मिक भोजनः न्यायकर्ता १९: १६–२१:२५, मत्ती १३: १०–२३, भजन १२८, हितोपदेश १३: १७–१९
Discussion about this post