ललितपुर- नेपालमा SLC को नतिजा हेर्दा लगातार ५ वर्षसम्म ५० प्रतिशतभन्दा बढि अनुतिर्ण भएको पाइन्छ। यसो हुनुमा विभिन्न तर्कहरू छन् कसैको भनाईमा बढ्दो प्रविधि मोबाइल, ट्याबलेट जस्ता प्रयोगले पढाइमा ध्यान नदिएर हो भन्ने छ भने, कतिको भनाइअनुसार, राम्रो शिक्षक नहुनु, शिक्षण प्रणाली पुरानो हुनु हो भन्ने छ। यसै सन्दर्भमा एउटा फरक र अनौठो कुरा पनि सुन्नमा आएको छ। एकजना अभिभावकको भनाई अनुसार विद्यार्थी जानी जानी फेल भएको कुरा सुनाएका थिए। कारण हो पास भयो भने फेरी पनि बढ्नुपर्छ, फेल भयो भने विदेश जान पाइन्छ भनेर फेल भएको कुरा पनि बताएका थिए।
यसै प्रसंगलाई दुइमहिनाको बाइबल स्कूलमा जेडेर हेर्दा केही फरक र सकरात्मक देखिएको छ। नेहेम्याह इन्स्टीट्यूटमा हरेक वर्ष एस एल सी दिएर बसेका विद्यार्थीहरूलाई दुइ महिनाको बाइबल सम्बन्धि तालिम दिइने गर्छ। त्यो अवधिमा नेहेम्याह इन्स्टिट्यूटले आइटीन पाठ्यक्रम पनि अध्ययन गराउँछ। विगत वर्षहरूदेखिको अनुभवमा विद्यार्थीहरूले बल्ल बल्ल SLC दिएर एक प्रकारले स्वतन्त्र महशुस गरेका हुन्छन्। कतिले उच्च शिक्षाको लागि परामर्श र राम्रो कलेजको खोजिमा पनि हुने गर्छन् भने कति सानो तिनो जागिर गर्दै पढ्ने विचारमा हुन्छन्। ग्रामीण क्षेत्रबाट आएका विद्यार्थीहरू भने चर्चमा विभिन्न सेवामा सहायता गर्दै गरेको अनुभव पनि सुनाउछन्।
भनिन्छ युवाहरू नै देशका कर्णधार हुन्। तर बिडम्बना देशमा हुँदै गरेका आन्दोलन र राजनीतिक अस्थिरताले देशप्रति कसैको पनि सकरात्मक धारणा भने पाइदैन। यसको प्रमुख कारण हो। राज्यका जिम्मेवार व्यक्ति वा कर्मचारी देखि नेताहरूको व्यवहार र देशप्रति गरेको वेवास्ता पनि हो। यस्तो अवस्थामा देशमा केही भविष्य नदेखेका विद्यार्थीहरूलाई बाइबलको शिक्षाले भने धेरै सकरात्मक बनाएको छ। त्यतिमात्रै नभएर विशेष गरि भरपूर जीवनबाट धेरैको सोचाइ, बोलि, विचारमा परमेश्वरको आज्ञा कसरी पालना गर्ने भन्ने पाठबाट आफ्नो जीवन शैली परिवर्तन भएको कुरा बताउछन्। आज्ञाकारी हुनुपर्छ भन्ने विषय सुनिराखेको र यो विषय नयाँ नभएतापनि के मा आज्ञाकारी हुने भन्ने कुरा थाह थिएन। अध्ययन पछि बोलि, बिचार र काममा आज्ञाकारी हुनुपर्छ भन्ने ठोस शिक्षाले व्यवहार नै परिवर्तन भएको बताउँछन्। परमेश्वरको आज्ञापालन गर्ने विषय नयाँ र व्यवहारिक भएको कुरा बताउछन्। यसबाट तुरून्तै जीवनमा लागु गर्न सकिएकोमा खुसी प्रकट गर्दछन्। प्रार्थना गरौं नेपालको शिक्षा प्रणाली सुदृढ होस। शैक्षिक क्षेत्रहरूमा कुनै पनि अवरोधहरू नआएको होस्।
Discussion about this post