विपन्न बस्तीमा सीप फैलाउँदै सर्भ नाउ नेपाल

[ 0 ] May 15, 2016 |
सामाजिक गैह्रसरकारी संस्था सेवा अहिले नेपाल (Serve Now Nepal) को सहयोगमा संचालित ६ महिने निशूल्क सिलाइ-कटाइ तालिम सम्पन्न भएको छ । पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा संचालित सो तालिममा १९ जना महिलाहरूको सहभागिता रहेको थियो । संस्थाले १९ सै जनालाई निशुल्क सिलाई मेशिनसमेत् उपलब्ध गराएको छ ।  
 
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकृत रामहरि न्यौपानेले सहभागीहरूलाई सिलाइ मेशिन हस्तान्तरण गर्नुभएको थियो ।  संस्थाले राम्रो र पारदर्शी काम गरिरहेको भन्दै न्यौपानेले जि.वि.स. को तर्फबाट आवश्यक सबै सहयोग गर्न सदैव तयार रहेको बताउनुभयो । सेवा अहिले नेपालले चितवनलगायत् अन्य जिल्लाहरूमा  निशुल्क स्वास्थ्य शिविर, भुकम्प पिडितलाई आर्थिक सहयोग, जाडोमा लगाउने कपडा, झुल वितरणलगायतका सामाजिक सहयोगहरू गर्दै आएको छ ।  संस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालले भविष्यमा पनि यस्तै थप सामाजिक कामहरू गर्दै जाने बताउनुभयो ।
20160513_111300
Facebook Comments

Category: News & Events