ट्रान्सफरमेसन नेपाल (रुपान्तर नेपाल)ले जित्यो उत्कृष्ट गैह्रसरकारी संस्था अवार्ड

[ 1 ] March 19, 2016 |

Headerभक्तपुरमा रहेको सामाजिक गैह्रसरकारी संस्था ट्रान्सफरमेसन नेपाल (रुपान्तर नेपाल)ले उत्कृष्ट गैह्रसरकारी संस्थाको उपाधी जितेको छ । गैह्रसरकारी संस्था महासंघ नेपालले वर्षभरीको कार्य विवरण हेरेर संस्थालाई केहि महिना अघि नै उत्कृष्ट घोषणा गरेको थियो ।

हालै सम्पन्न गैह्रसरकारी संस्था महासंघ भक्तपुरको १३ औं  वार्षिक साधारणसभाको दौरान संघीय मामिला तथा स्थानिय विकास राज्य मन्त्री कुन्ती कुमारी शाहीले संस्थालाई उत्कृष्ट गैह्र सरकारी संस्थाको प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

ट्रान्सफरमेसन नेपाल (रुपान्तर नेपाल) का अध्यक्ष मुकुन्द शर्माले संस्था उत्कृष्ट घोषणा हुनु खुसीको कुरा भएको बताउँदै आउने दिनमा अझै प्रभावकारी कार्यक्रमहरू ल्याइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Facebook Comments

Category: News & Events