उद्दार पाउन मैले के गर्नुपर्छ

[ 1 ] January 11, 2016 |

“उद्दार पाउन मैले के गर्नुपर्छ?”

tanka150जब हामी प्रार्थना गर्ने ठाउँमा गइरहेका थियौं, तब जोखना हेर्ने आत्‍मा भएकी एउटी कमारी केटीसँग हाम्रो भेट भयो, जसले जोखना हेरेर त्‍यसका मालिकहरूका निम्‍ति धेरै कमाइ गरिदिन्‍थी। त्‍यो पावल र हाम्रा पछिपछि लागी, र यसो भन्‍दै चिच्‍च्‍याई, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन्‌। यिनीहरूले तिमीहरूलाई मुक्तिका बाटोको घोषणा गर्छन्‌।” त्‍यसले धेरै दिनसम्‍म यसो गरिरही। तब पावलले झिजो मानेर फनक्‍क फर्की त्‍यस दुष्‍टात्‍मालाई भने, “येशू ख्रीष्‍टको नाउँमा म तँलाई त्‍यसबाट निस्‍कने आज्ञा गर्दछु।” अनि त्‍यो दुष्‍टात्‍मा त्‍यही घड़ी निस्‍किहाल्‍यो।

तर त्‍यसका मालिकहरूले तिनीहरूका कमाइका आशा विफल भएको देखेर पावल र सिलासलाई समातेर बजारको चोकमा शासकहरूकहाँ तान्‍दै लगे। अनि तिनीहरूलाई सहरका हाकिमहरूकहाँ ल्‍याएर भने, “यी मानिसहरू यहूदी हुन्‌, यिनीहरूले हाम्रो सहरमा गोलमाल मच्‍चाउँछन्‌। २१ यिनीहरूले यस्‍ता-यस्‍ता प्रथाहरू सिकाउँछन्‌ जो हामी रोमीहरूलाई ग्रहण गर्न वा पालन गर्न न्‍यायसङ्गत छैन।”

salvationब भीड़हरू मिलेर तिनीहरूमाथि जाइलागे। सहरका हाकिमहरूले तिनीहरूका वस्‍त्र च्‍यातेर फालिदिए, र तिनीहरूलाई छड़ी लगाउने आज्ञा दिए। २३ उनीहरूले तिनीहरूलाई निकै छड़ी लगाएपछि तिनीहरूलाई झ्‍यालखानमा हालिदिए, र झ्‍यालखानका हाकिमलाई यी कैदीहरूलाई कड़ा निगरानीमा राख्‍ने हुकुम दिए। यस्‍तो हुकुम पाएर उनले तिनीहरूलाई झ्‍यालखानको भित्री भागमा लगी तिनीहरूका खुट्टामा ठिँगुरो ठोकेर राखिदिए।

तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरका भजन गाइरहेका थिए, र अरू कैदीहरूले सो सुनिरहेका थिए। तब एक्‍कासि एउटा ठूलो भैँचालो गयो, र झ्‍यालखानका जगहरू हल्‍लिए, र तुरुन्‍तै जम्‍मै ढोकाहरू उघ्रिए, र सबैका बन्‍धनहरू खुले। झ्‍यालखानका हाकिम निद्राबाट ब्‍यूँझे, र झ्‍यालखानका ढोकाहरू उघ्रेका देखेर कैदीहरू सबै भागिसके भन्‍ठानेर उनले अपहत्‍या गर्ने विचारले आफ्‍नो तरवार थुते। तर पावलले चर्को सोरले यसो भन्‍दै कराए, “तपाईंले आफूलाई केही नोक्‍सानी नगर्नुहोस्‌, किनकि हामी सबै यहीँ छौं।”

तब बत्ती मागेर उनी हामफाल्‍दै भित्र आए, र डरले काम्‍दै पावल र सिलासका अगाडि घोप्‍टो परे। तिनीहरूलाई बाहिर ल्‍याएर उनले भने, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ?”

अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नुहोस्‌, र तपाईंले उद्धार पाउनुहुनेछ– तपाईं र तपाईंका परिवारले।” तिनीहरूले उनलाई र उनको घरमा भएका जति सबैलाई प्रभुको वचन सुनाए। तब रातको त्‍यही घड़ी उनले तिनीहरूलाई लगेर घाउ धोइदिए। अनि उनी र उनका परिवारले तुरुन्‍तै बप्‍तिस्‍मा लिए। त्‍यसपछि तिनीहरूलाई घरमा ल्‍याएर तिनीहरूका सामने भोजन राखिदिए, र परमेश्‍वरमा विश्‍वास गरे भन्‍ने कुरामा उनका सारा परिवारसँग उनी आनन्‍दित भए। प्रेरित १६:१६-३४

यो एक सचेत पापीको चित्कार हो। जसले आफु पापी भएको र यस पापले अनन्तककोलागी नरकमा लैजानेछ भनी बुझेको छ। उसले यस महापापबाट कसरी मूक्त हुने भन्ने एक आन्तरीक चित्कार निकाली रहेको छ।

तपईले जस्तै। उसले मुक्तीको बारेमा सुनेको छ र आश्चर्यकर्म देखेरको छ।

के तपाई सचेत पापी हुनुहुन्छ?

सामान्यतय सबै मानिस यस विषयमा सुसुप्त नै हुन्छन्। परमेश्वरको वचन र पवित्र आत्माद्बारा सचेत गराइएपछी मात्र मानिस सचेत हुन्छ। मानिसले सचेत भएपछि आफैमा शान्ती शान्ती भन्दै शान्ती खोज्न थाल्छ जुन आफैमा पाउन असम्भव छ।

“दुष्‍टहरूलाई शान्‍ति हुँदैन” परमप्रभु भन्‍नुहुन्‍छ। यशैया ४८:२२

उ दिनदिनै नरक, न्याय, मृत्यु, अर्को जन्म आदि कुराको चिन्ता गर्छ तर बाइबल पढेर एक सच्चा पापीले गर्नुपर्ने प्रार्थना गरेको हुँदैन।

“तर कर उठाउनेचाहिँ टाढ़ै उभिएर स्‍वर्गतिर आँखा पनि नउठाई यसो भन्‍दै आफ्‍नो छाती पिट्यो, ‘हे परमेश्‍वर, म पापीमाथि दया गर्नुहोस्‌!’ लूका १८:१३

तर यो बुझेर पनि ’दया ’को लागि प्रार्थना नगर्ने व्यक्ति परमेश्वरबाट टाढँ हुन्छ र शान्ति प्राप्त गर्न सक्दैन र उद्दार पनी पाउँदैन।

परमेश्वरले सबै मानिसलाई सचेत पार्नुहुन्छ र आफू पापी भएको र दयाको आवश्यकता भएको महसुस गराउनुहुन्छ। जसले दयाको निम्ति प्रार्थना गर्छ उसले त्यो प्राप्त गर्दछ। उसले सत्यको वचन अध्ययन गर्छ र यसमा स्वाद पाउँछ।

उसले आफ्नै परमेश्वरलाई त्यागेको र उहाँबाट टाढा गएको थाहा पाउछन र उहाँको विरुद्धमा पाप गरेको थाहा पाउँछन्। उ आत्तिन्छ र म कसरी यस पापबाट  मुक्त हुने भनी चिन्तित हुन्छ।

त्यसपछि उसको लागी संसारका मोजमज्जा, सम्पती, इज्जत बेकार हुन्छन। उसले ह्यदयबाट प्रार्थना गर्छ र परमेश्वरले उसको प्रार्थनाको उत्तर दिएको उसले थाहा पाउँछ। वचन पढ्दा हरेक शब्द र लाइनमा उसले अर्थ भेटछ। यो पापी-पनको महशुसले उसलाई अनुग्रह र दयाको सिहासनमा पुर्‍याउँछ।

“उद्दार पाउन मैले के गर्नुपर्छ?”

अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नुहोस्‌, र तपाईंले उद्धार पाउनुहुनेछ– तपाईं र तपाईंका परिवारले।” प्रेरित १६:३१

“किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌। यूहन्‍ना ३:१६

Short Message

 

 

Facebook Comments

Category: Sermons